प्रहरी कार्यालय
अबिरल बर्षाको कारण बेसिशहर- मनाङ सडक खण्ड अन्तरगत लमजुङ मर्स्याङदी गा.पा.४ रातामाटा स्थितमा पहिरो झरी सडक पुर्ण रुपमा अबरुद्ध भएको उक्त स्थानमा प्रहरी टोलि खटि गएको ,बाटो खुलाउने तर्फ आबस्यक पहल भईरहेको ।
कास्की, पोखरा १८ खपौदी बस्ने देव बहादुर गुरुङको छोरा बर्ष १८ को जगन गुरुङ आफ्नै एक तले पक्की घरको छतमा टिनको ट्रसको किचन कोठामा पङ्खाको हुकमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटी गई थप अनुसन्धान भइरेको ।
मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गा.पा.-३ ग्रिन ताङबे स्थितमा लेदो सहित आएको बाढीले ५ मिटर लामो कल्भर्ट पुल बगाउदा जोमसोम-कोरोला सडकखण्ड पुर्ण रुपमा अबरुद्ध भएको छ । जानकारी प्राप्त हुन साथ प्रहरी टोलि खटि गइ बुझ्दा सडक खुलाउनको लागि २ दिन जति लाग्ने भनि बुझिएको र सडक खुलाउने प्रयास भईरहेको छ ।